
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोमा बिमस्टेकको १८औँ मन्त्रिस्तरीय बैठकका क्रममा साइडलाइन भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणसहित अन्य विषयमा छलफल भएको भएको मन्त्रालयले जनाएको छ ।