१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निःशुल्क भिडियो एक्स–रे सेवा सुरु



अ+ अ-

रामपुर (पाल्पा) । पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ ।

रिङ्गनेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडावडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

सामान्य एक्स–रे र रगत जाँचकै लागि उपचार शुल्कभन्दा बढी यातायात शुल्क तिरेर सदरमुकाम जानुपर्ने बाध्यता थियो । भिडियो एक्स–रे र प्रयोगशाला सेवा लिन तानसेन जानुपर्ने समस्या अब हटेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको यही चैत ७ गतेसम्मको तथ्याङ्कअनुसार ११२ जना गर्भवती पालिकाभित्र छन् । पालिकाले ६ वटै वडामा प्रत्येक महिनाको एक दिन निःशुल्क भिडियो एक्स–रे र जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गर्ने निर्णयसमेत गरेको छ । भिडियो एक्स–रे मेशिन स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशबाट प्राप्त भएको हो भने तालिम स्वास्थ्य केन्द्र प्रदेशको समन्वयमा भएको थियो ।

आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको प्रत्येक वडाबाट प्रवाह गरिनुपर्ने भनिए पनि अझै पनि कतिपय पालिकामा यस्तो व्यवस्था छैन । स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि– २०७५ मा स्वास्थ्य संस्था नभएका वडाहरुमा क्रमश ः स्वास्थ्य संस्था स्थापना गरिँदै लगिने उल्लेख छ ।

यसका साथै सम्बन्धित स्थानीय तहले स्वास्थ्य संस्था नरहेका आफ्ना वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्नुपर्ने व्यवस्था छ । भिडियो एक्स–रे र प्रयोगशाला जस्ता सामान्य सेवाका लागि पनि अन्यत्र निर्भर रहनुपर्ने अवस्था छ । रासस