
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको हो ।
शुक्रबारदेखि जारी बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूले जिल्लाको वस्तुगत अवस्थाको रिपोर्टिङ गर्दैछन् ।
कांग्रेसभित्र चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूको फरक–फरक मत रहेको छ ।