१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनद्वारा श्रीलङ्कालाई दुई हजार टन चामल सहयोग



अ+ अ-

कोलम्बो । चीनले गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ ।

कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो ।

चीनले श्रीलङ्कालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलङ्काले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो ।

श्रीलङ्काको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कोरोनाभाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलङ्का सङ्कटमा परेको श्रीलङ्काली अधिकारीहरूले दावी गरेका छन् ।

चीन र श्रीलङ्का बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाई छ ।

चीनले श्रीलङ्कालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ ।