२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाललाई पीएनजीले दियो २९३ रनको लक्ष्य



file photo
अ+ अ-

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपालसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपाललाई २ सय ९३ रनको बलियो लक्ष्य दिएको हो ।

टस जितेर नेपालले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको पाहुना टोली पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९२ रन बनायो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन समेत हो ।

पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रन जोडे । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ४७ बलमा ३८ रन बनाउँदा रिले हेकुरे ४० बल खेल्दै ३१ रनमा आउट भए । नोरमान भनुआले २८ बलमा ४७ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, जासन किला ११ बल खेल्दै १३ रनमा अविजित रहे ।

नेपालका लागि कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट चट्काए ।