२३ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नासाको सबैभन्दा ठूलो खोज– पृथ्वीजस्तै पाँच हजार रहस्यमय ‘संसार’ सौर्यमण्डलको सीमाभन्दा बाहिर छन्



अ+ अ-

वासिङ्टन । अन्तरिक्षको बारेमा हामी सबैको मनमा एउटा प्रश्न उठ्छ– के हामी ब्रह्माण्डमा एक्लै छौँ ? वैज्ञानिकहरूले सूर्यको वरिपरि घुम्ने र अर्बौं किलोमिटरको दूरीमा रहेका ग्रहहरू पत्ता लगाएका छन्।

यी ग्रहहरू मिलेर हाम्रो सौर्यमण्डल बनाउँछन्। तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो खगोलीय सीमाभन्दा बाहिरका नयाँ ग्रहहरू पत्ता लगाएको छ र अझै पत्ता लाग्न बाँकी रहेको अन्तरिक्षको गहिराइमा पाँच हजारभन्दा बढी ग्रह रहेको पुष्टि गरेको छ ।

नासाले अन्तरिक्ष अन्वेषणमा नयाँ कोसेढुङ्गा कायम गरेको छ । ६५ वटा नयाँ ग्रह पत्ता लगाएर नासाले हाम्रो सौर्यमण्डलबाहिर ताराहरूको परिक्रमा गर्ने पाँच हजारभन्दा बढी खगोलीय पिण्डहरू रहेको पुष्टि गरेको छ।

नासा एक्सोप्लानेट आर्काइभले अध्ययनका लागि ६५ नयाँ ग्रह पत्ता लगाएको छ जसमा पानी, सूक्ष्मजीव, ग्यास वा सम्भवतः जीवन हुन सक्छ।

नासाले प्रत्येक ग्रह आफैँमा नयाँ संसार, नयाँ ‘ग्रह’ भएको बताएको छ । पत्ता लगाइएका पाँच हजार ग्रहहरू संरचना र विशेषताका आधारमा विभिन्न वर्गका छन्।

यसमा पृथ्वी जस्ता साना र चट्टानी ग्रहहरू, बृहस्पतिभन्दा धेरै गुणा ठूला ग्यासयुक्त ग्रहहरू र आफ्ना ताराहरूलाई धेरै नजिकबाट परिक्रमा गर्ने अत्यन्त तातो ग्रहहरू समावेश छन्।

हाम्रो सौर्यमण्डलमा ‘सुपर(अर्थ्स’ जस्तो ग्रह पनि छन् जुन हाम्रो पृथ्वीभन्दा धेरै गुणा ठूला र चट्टानयुक्त छन् साथै ‘मिनी–नेप्च्युन’ जस्ता ग्रहहरू छन् जुन नेप्च्युनभन्दा पनि सानो छन्।

प्रश्न उठ्छ, “के हामी एक्लै छौँ ?” जवाफ हो– हो, किनभने संसारभरका खगोलविद्हरू विश्वास गर्छन् कि निकट भविष्यमा हामीले अन्तरिक्षको गहिराइमा ‘जीवन’ जस्तो केही फेला पार्न सक्ने प्रबल सम्भावना छ किनकि जीवनको खोजीका लागि उम्मेदवार ग्रहहरूको सङ्ख्या द्रुत गतिमा बढिरहेको छ।

तर अहिलेसम्म यी नयाँ ग्रहहरूको गहिरो अध्ययन भएको छैन। जेम्स वेब जस्ता स्पेस टेलिस्कोप र विज्ञानको बढ्दो क्षमताले यो खोजमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।