काठमाडौं । नेकपा एमालेको स्ठायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ ।
आजको बैठकमा महाधिवेशन स्थल परिवर्तनसँगै विधान महाधिवेशन समिक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन ९ गते हुने पालिका अधिवेशनका बारेमा छलफल हुने जनाइएको छ ।
यसैगरी राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा पनि छलफल हुनेछ । यस अघि एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
यस अघि बुटवलमा महाधिवेशन गर्ने तय भएको थियो । एमालेको महाधिवेशन मंसिर १०, ११ र १२ गर्ने तय भएको छ । यसैगरी कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुँदैछ ।