१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१० बुँदे कार्यान्वयन नगरे ओलीको वचनको विश्वसनियतामा प्रश्न खडा हुन्छ : रावल



अ+ अ-

काठमाडौँ — एमालेका उपाध्यक्ष भीम रावलले शुक्रबारको स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । असार २७ मा गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीमा फरक मत राखेका हुन् ।

अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गर्ने छनक नदेखाएको भन्दै उपाध्यक्ष रावलले त्यसो गरेमा वचनको विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै सचेत पनि गराएका छन् । १० बुँदेलाई अर्थहीन भन्ने अभिव्यक्ति अध्यक्ष ओलीबाट आइरहेको बेला रावलले त्यसको पूर्ण कार्यान्वयनका लागि दबाब दिएका हुन् ।

रावलले राखेको फरक मतमा भनिएको छ, "कहीँ एकीकरणको बेला जस्को जे जिम्मेवारी थियो सोही गरौं भन्ने र कहीँ त्यसो पनि नमान्ने दोहोरो कुरा पार्टी पद्धतिको दृष्टिकोणबाट नै गलत हुन्छ ।" उनले फरकमतमा अगाडि लेखेका छन्, "म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम समन्वय कमिटी (जसलाई अपानि– १२ ले स्वीकार गरिसकेको छ) को संयोजक थिएँ । पछि पार्टी एकीकरण भएको बेला त्यस प्रदेशको इञ्चार्ज थिएँ । मेरो हकमा ती दुवै प्रावधान लागु नहुने तर्क कसरी र केको आधारमा गर्न मिल्छ रु त्यसो गर्ने हो भने पार्टी अध्यक्ष कमरेडले पटक– पटक, विशेषतः पार्टीका बैठकहरू र भदौ ७ गते आफ्नै निवासमा हामीलाई सामूहिकरुपमा पक्षपात गरिने छैन भनी गर्नुभएको वाचा विपरीत हुन्छ । त्यसो नगरौं । त्यस्तो गर्दा पार्टीमा पुनः अविश्वास र मतभेद सिर्जना हुने मात्र होइन नेतृत्वले भन्ने र दिने वचनको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा हुन्छ ।"

पार्टीका वडा, पालिका अधिवेशन र राष्ट्रिय महाधिवेशन समेत संघारमा आइसकेको स्थितिमा अपानी कार्यान्वयन नहुने र विवाद मात्रै गर्ने हो भने पार्टीमा फेरि गम्भीर समस्या उत्पन्न हुने चेतावनी रावलले दिएका छन् । "अपानी– १२ को कार्यान्वनय नगरिने र विवाद मात्र गरिरहने हो भने त्यसले गम्भीर समस्या उत्पन्न गर्नेतर्फ सबैको ध्यान आकर्षित गर्न चाहन्छु । यस्तो स्थिति हामी कसैको पनि चाहना होइन र हुनुहुन्न भन्नेमा मेरो विशेष जोड छ ।"

अध्यक्ष ओलीले पटक-पटक "१० बुँदे माधवकुमार नेपाललाई एमालेमै राख्नको लागि थियो, पार्टी विभाजन गरेपछि त्यसको अर्थ छैनुभनेर दिएका अभिव्यक्तिको जवाफ पनि रावलले फरकमतमा दिएका छन् ।" १० बुँदे सहमति केवल माधवकुमार नेपाल नेकपा (एमाले) मा रहनको लागि मात्र गरिएको थियो भन्ने तर्क गलत छ र तथ्यसम्मत छैन" उनले भनेका छन् । त्यस्ता कुराले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने पनि रावलको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।