१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

समय अगावै सयपत्री फुल्दा फूल किसान मर्कामा



अ+ अ-

काठमाडौं । समयभन्दा अघि सयपत्री फूल फक्रिएपछि तनहुँका कृषकहरु मर्कामा परेका छन् । तिहारका लागि लक्षित गर्दै लगाइएको फूल दशैँदेखि नै फक्रिन थालेपछि हाल फूल ओइलाउन थालेका छन् ।

तिहारमा विक्री गर्न लगाइएका फूल तिहारअघि नै ओइलाउन थालेपछि कृषक चिन्तित बनेका छन्। आवश्यकताभन्दा बढी बर्षा र चिसो हुनुपर्ने मौसममा गर्मी कायमै रहेपछि फूल फक्रिएको कृषकले जानकारी गराएका छन् ।

व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएका भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारीले तिहारमा फुल्नुपर्ने फूल दशैँअघि फूलेपछि समस्या भएको बताउनुभयो ।

गतवर्ष परीक्षणका लागि थोरै जमिनमा सयपत्री फूल लगाए पनि अपेक्षाभन्दा राम्रो आम्दानी भएपछि यसवर्ष झण्डै पाँच रोपनी क्षेत्रफलमा कृषक अधिकारीले फूलखेती गरेको बताउनुभयो । खेतमा ढकमक्क फूल फुले पनि तिहारअघि ओइलाउन लाग्दा चिन्तामा पर्नुभएको हो ।

सयपत्री फूल विक्रीबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला बर्षमा कृषकहरु आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा फूलखेती गर्नेहरुका लागि कुनै राहतका कार्यक्रम नभएको जनाएको छ ।

जिल्लामा व्यावसायिक फूलखेती गर्नेहरुको तथ्याङ्क नै नहुँदा फूलखेती गर्ने किसानलाई लाभान्वित गर्ने कार्यक्रमहरु नभएको कृषि प्रसार अधिकृत राजेश्वर सिलवाल बताएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।