१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाला बनाउन भ्याइनभ्याई



अ+ अ-

काठमाडौं । भक्तपुरस्थित पोटरी स्क्वायर नामले चर्चित कुमाले टोलमा माटाको पाला बनाउन भ्याइ नभ्याइ छ । कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थाल्ने गर्छन् ।

गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो । यस वर्ष बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइ नभ्याइ छ ।

पाला बनाउन व्यस्त कृष्णलाल प्रजापतिले कुमालेले समुदायलाई अचेल पाला बनाउनै भ्याई नभ्याइ भएको बताउँदै तिहारमा दियोको उच्च माग हुने भएपछि यतिखेर अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखिएको बताउनुभयो ।

स्थानीय बुद्धिराम प्रजापति विगत ४० वर्षदेखि यही काम गर्दै आउनुभएको छ । पाला बनाउँदै उहाँले भन्नुभयो, “यो बेला परिवारका सबै खट्नुपर्छ । दिनमा दुई हजारदेखि पाँच हजार पाला बनाउनुपर्छ । माटोको काममा परिश्रम ज्यादा हुन्छ । पुख्र्यौली पेसा भएकाले त्यत्तिकै छोड्न सकिन्न । ”

अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र नभई सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।