काठमाडौ । नेकपा (एमाले) को १० औं महाधिवेशनको आयोजना स्थलको नेकपा एमालेका अध्यक्ष केपी ओलीले निरिक्षण गर्नुभएको छ । केही दिन देखी चितवनमा रहनु भएका अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन सत्र हुने स्थान चितवनको नारायणी किनारमा पुगि तयारीका बारेमा जानकारी लिनु भएको हो ।
मंसिर १० देखी १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ । त्यस्तै अध्यक्ष ओलीले राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यलयको उद्घाट्न समेत गर्नुभयो । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ ।
समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल लगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक एक जना प्रतिनिधि रहेका छन् । ओली संगै मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, स्थायी समिति सुरेन्द्र पाण्डे, प्रभु शाह, कृष्णभक्त पोखरेल , पार्बती रावल लगायतका नेताहरु सहभागी हुनुहुन्थो ।