काठमाडौँ । भनिन्छ, विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौ रोगबाट सुरक्षित भइन्छ । यद्यपी त्यसका लागि विधि भने थाहा हुनुपर्छ । जाडो याममा तुलसी निकै उपयोगी हुन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ ।
फाइदाहरुः
१) तुलसीको हरियो पातको रसमा ज्वानोको धुलो मिसाएर खाएमा पेटको जुका मर्दछन् ।
२) तुलसीका ९–१० पात र आधा गिलास मनतातो पानी राखी त्यसमा मह मिसाएर दिनको ३–४ पटक पिएमा रुघाखोकी निको हुन्छ ।
३) तुलसीको रसलाई सफा कपडाले छानेर दुई थोपा कानमा राखेमा कानको दुखाई ठीक हुन्छ ।
४) माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा तत्काल आराम मिल्छ ।
५) तुलसीको दाना (बिऊ)वा पात पिंधेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ ।
६) तुलसीको १५–२० वटा पातलाई पानीमा राखेर उमाली त्यसमा थोरै विरेनुन राखेर खाँदा पेट ढुस्स परेको र अपच भएको निको हुन्छ ।
७) तुलसीको रसले कुल्ला गरेमा दाँतबाट रगत बग्न रोकिन्छ र डाइरियामा लाभ गर्छ ।
८) बच्चाको पेट दुखेमा तुलसीको रस मनतातो बनाएर दुई चम्चा दिनको २ पटक खाने गरेमा पेट दुख्न बन्द हुन्छ ।
८) बच्चाको पेट फूलेको र दिसा बिग्रिएको छ भने तुलसी र पानको पातको रस खाएमा निकै फाइदा पुग्छ ।
९) औंलो ज्वरो आएका वेला मरिच, पिपल, जाइफल र तुलसीको हरियोपात मिसाएर पिसी सो चूर्णलाई चनाको गेडाजत्रो गोली बनाउएर एक एक गोली दिनको तिनपटक खानाले ज्वरो निको हुन सहयोग हुन्छ ।