२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पशुपंक्षीबिनै जौको बोटमा मासु उत्पादन



अ+ अ-

बीबीसी । आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन्।

ग्रीनहाउस ग्यास, पशुकल्यान र अत्याधिक माछा माने विषयमा मासु उद्योग चुकेको आरोप लाग्ने गरेको छ । तर अइसल्यान्डमा एउटा कम्पनीले नयाँ जुक्ति निकालेको छ । प्रयोगशालामा पशुपंक्षीबिनै जौबाट मासु बनाउने १ यो प्रक्रियाबाट जौको बोटमा मासु फलाइन्छ ।

'ग्रोथ फ्याक्टर' भनिने विशेष प्रोटीन बोक्नेगरी जौमा विशेष परिवर्तन गरिन्छ । त्यसपछि फलेको जौ सङ्कलन गरी पिसिन्छ । त्यसपछि प्रयोगशालामा मासु बनाउन प्रशोधन गरिन्छ । प्रयोगशालाको मासुका लागि धेरै पशुपालनका लागि भन्दा कम ठाउँ र उर्जा चाहिन्छ । साथै हनिकारक फोहर पनि कम हुन्छ भन्ने मान्यता छ ।

मानिसले मासु खाने पशुका लागि चारा उत्पादन गर्न धेरै खेती योग्य जमिन चाहिन्छ । यस प्रक्रियाले त्यो जोगाउँछ । जौमा हालिने ग्रोथ फ्याक्टर पशुपक्षिबाट लिइएको हो । ठूलो मात्रामा मासु उत्पादन गर्न जौ सजिलो र सस्तो हुन्छ । अनि पशुपक्षीजस्तै जौ पनि विभिन्न जलवायुमा मौलाउन सक्छ । 

यो नयाँ प्रयोगले प्रयोगशालामा उत्पादन गरिने मासुका लागि पशुपक्षीमा भर नपरे पनि हुने अवस्था आउन सक्छ। अध्ययनकर्ताहरूले यसबाट हरितगृह ग्यास कम उत्सर्जन भई पर्यावरणलाई स्वच्छ राख्न योगदान गर्ने दाबी गर्छन्।