१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाली काँग्रेस महाधिवेशनः टिम बनाउने कसरतमा देउवा



अ+ अ-

आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ ।

सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत, उपसभापति विजयकुमार गच्छदारलगायतका नेतासँग छलफल गर्नुभएको थियो । उक्त छलफलमा आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालयसमेत राखेर तयारी अघि बढाइरहेका उपसभापति विमलेन्द्र निधिको सहभागिता रहेको थियो ।

सहमहामन्त्री डा महतले नेपाल समाचारपत्रसँग प्रधानमन्त्री एवं पार्टी सभापतिसँगको भेट नियमित र सामान्य भएको प्रतिक्रिया दिनुभएको छ । स्रोतका अनुसार बिहीबारको छलफल विशेष गरी निधिलाई पनि आफ्नो टिममा समेटेर देउवाले आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी गर्ने रणनीतिस्वरूप भएको हो ।

कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने कार्यतालिका छ । महाधिवेशनको तयारीबारे छलफल गर्न र कात्तिक २८ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न कात्तिक २७ गते पदाधिकारी बैठक बस्ने कांग्रेस सहमहामन्त्री डा। महतले जानकारी दिनुभएको छ ।

कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापनइतर समूहले देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार दिन नसकिरहेका बेलामा देउवाले भने आफ्नो नेतृत्वमा टिमसहित महाधिवेशनमा होमिने तयारी गरिसक्नुभएको छ । संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा। शेखर कोइराला, कृष्णप्रसाद सिटौलाले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । (समाचारपत्र दैनिकमा खबर छ)