२०७८ मंसिर १ गते, बुधवार, १७ नोभेम्बर २०२१। कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि १०ः१५ बजेदेखि चतुर्दशी। अश्विनी नक्षत्र। चन्द्रराशि– मेष।
मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। आँटेका काममा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घुमफिर तथा मनोरञ्जनको समय छ। व्यापार बढ्नुका साथै व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुट्नाले पनि मनग्य लाभ उठाउन सकिनेछ। प्रियभेट हुनुका साथै प्रेमको बन्धन कसिने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यावसायिक काममा केही चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा दिगो फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। पहिले रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। source: nepalipatro.com.np