१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जेरुसेलममा इजरायली सेनासँगको झडपमा ५७ प्यालेस्टाइनी घाइते



अ+ अ-

गाजा/रप्यालेस्टाइन । जेरुसेलमको अल-इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएको सञ्चार माध्यमले जनाएका छन् । 

कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्यास प्रहारबाट अधिकांश घाइते भएका छन्। प्यालेस्टाइनीहरूले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेका छन्।

इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध दशकौंदेखि बिग्रिएको छ। प्यालेस्टाइनीहरूले इजरायलले आंशिक रूपमा ओगटेको पूर्वी जेरुसेलम र गाजा पट्टीलगायत वेस्ट बैंकको भूभागमा आफ्नो स्वतन्त्र राज्यको लागि कूटनीतिक लडाइ लडिरहेका छन् ।

इजरायली सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राजनीतिक र कूटनीतिक संस्थाको रूपमा मान्यता दिन अस्वीकार गरेको छ र संयुक्त राष्ट्रसंघको आपत्तिको बावजुद कब्जा गरिएका क्षेत्रमा बस्तीहरू निर्माण गरिरहेको छ। (रासस-एएनआई र स्पुतनिक)