७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साप्ताहिक राशिफल



अ+ अ-

साप्ताहिक राशिफल

कार्तिक २८–मंसिर ४, २०७८

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। स्रोत जुट्नाले दिगो काम थालनी गर्न भने सकिनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। तर नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूका लागि जुट्दैमा समय बित्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दाम पनि हातलागी हुनेछ। बुधवारदेखि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव भने खट्किनेछ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरीमा पद प्राप्ति हुनेछ भने व्यवसायमा प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। शुक्रवारदेखि फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ।     

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सुरुमा केही संघर्ष गर्नुपरे पनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले अशान्ति हट्नेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर विशेष उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। बीचमा आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। बीचमा भने केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ।    

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रारम्भमा बुद्धिले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।बुद्धिले लक्ष्यमा पुर्याउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। प्रयत्न गर्दा दिगो काम थाल्न सकिनेछ। कृषि तथा पशुपालनतर्फ फाइदा उठाउन सकिनेछ। बुधवारदेखि अध्ययनमा त्यति समय दिन नसकिएला। पेटको मौसमी गडबडीले सताउन सक्छ। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रारम्भमा अर्थलाभ हुनेछ। केही चुनौती देखिए पनि मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। बुधवारदेखि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। विवादास्पद कामले घर–परिवारमा असमझदारी इम्त्याउन सक्छ। साझेदारीमा पनि अविश्वास बढ्न सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन गर्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साताको प्रारम्भ रमाइलो रहनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। महत्त्वाकांक्षी काम सुरु हुनेछ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। चिताएको काम बन्नेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सप्ताहान्तमा परिस्थिति केही असहज बन्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रारम्भ रमाइलो, उत्साहवर्द्धक रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बुधवारदेखि काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। तापनि शुक्रबारदेखि स्थितिमा सुधार आउनाले लक्ष्य पहिल्याउन सकिनेछ।