१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुर्खेतको शान्ति समिति उत्कृष्ठ



अ+ अ-

सुर्खेत,७ असोज ।
स्थानीय शान्ति समिति सुर्खेत देशभरबाटै छनौटमा परेका उत्कृष्ठ दश भित्र परेको छ ।
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा सुर्खेतलगायत देशभरका दशवटा शान्ति समितिलाई उत्कृष्ठ दश घोषणा गरिएको हो । कार्यक्रमा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उत्कृष्ठ भएका शान्ति समितिलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । मध्यपश्चिमाञ्चलबाट रोल्पाको शान्ति समिति पनि उत्कृष्ठ भएको छ ।
गत भदौ २१ मन्त्रीस्तरीय निर्णयले देशभरका शान्ति समितिबाट सुर्खेतसहितका दश शान्ति समितिलाई उत्कृष्ठ घोषणा गरिएको थियो । सामाजमा द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको, मेलमिलाप गरेको र सामाजिक सद्भाव कायम गरेको भन्दै शान्ति समितिहरुलाई उत्कृष्ठ घोषणा गरिएको हो । शान्ति समितिले नेपालको शान्ति प्रकृयासमेत सहयोग गरेकोले उत्कृष्ठ घोषणा गरिएको स्थानिय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए ।