१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अभियानले ओस्लोमा विश्व शान्तिका लागि ऎक्यवद्दता जाहेर गर्ने



अ+ अ-
डाकृष्ण अर्याल

०४ डिसेम्वरनर्वेलुम्बिनी– कपिलवस्तु विश्व अभियानराष्ट्रिय समिति नर्वेले अभियानको पाचौ वार्षिक उत्सवको सन्दर्भमा आगामी १० डिसेम्वर२०१३ का दिन नर्वेको राजधानी ओस्लोमा २ वटा कार्यक्रम सम्पन्न गर्ने भएको छ ।ओस्लोमा नोवेल शान्ति पुरस्कार वितरण समारोहमा अन्तर्राष्ट्रिय अतिथिहरुको गरिमामय उपस्थितिको अवसर पारेर नेपालको लुम्बिनीमा इसा पुर्व ६२३ मा जन्मिनु भएका गौतम बुद्धको जन्मस्थल लुम्बिनीकपिलवस्तु नेपालको प्रचार प्रसार विश्वस्तरमा गरिरहेको लुम्बिनीकपिलवस्तु दिवस अभियानको ब्यानर तथा विश्व शान्तिका लागि बुद्धले दिएका महत्वपुर्ण उपदेशहरु सहितका प्लेकार्ड लिएर नोबेल शान्ति पुरस्कार वितरण गर्ने भवनको प्रवेशद्वार अगाडी उभिएर विश्व शान्तिका लागि ऎक्यवद्दता जाहेर गरिने भएको छ ।

साथै सोहि दिन अभियानले ओस्लो युनिभर्सिटीको अडिटोरियम सभा हलमा १६:३० देखि १८:३० सम्म अन्तरक्रिया कार्यक्रम तथा बुद्ध र लुम्बिनी सम्बन्धि डकुमेन्ट्री प्रदर्शन गर्ने भएको छ । कार्यक्रमका प्रमुख वक्ता अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य हुनु हुनेछ र अन्तरक्रिया नोर्वेजियन भाषामा उल्था गरिने जनाएको छ ।

 

अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन नेपालका लागि काम गर्ने नर्वेजीयन संघसंस्था तथा नेपाली संघसंस्थाहरुलाई आमन्त्रण गरिएको छ । ती संघसंस्थामा सूचना पठाई उपस्थितिको लागि अनुरोध गर्न संयोजक तथा एनआरएनए नर्वेका महासचिव इन्जिनियर नयन मल्ललाई जिम्मेवारी दिइएको जनाएको छ । हलको क्षमता करिब १३० जनाको भएको हुँदा सकेसम्म धेरै नेपालीहरुको उपस्थितिको लागि अभियानले अनुरोध गरेको छ ।