गजल-निशान्त हमाल-
उपहारमा तिम्रो नाम सधैँ साँचि राख्या छु,
मृगतृष्णि भई बाँच्ने बरदान मागी राख्या छु,
उपहासमा बाँचे सधै तिमीनै हो संसार ठानी,
बगरको माछा जस्तैँ तड्पी बाँची राख्या छु,
बगैचाको माली ठानी झुमी रयौ फूलहरुमा,
देखि तिम्रो त्यस्तो नियती आज कापि राख्या छु,
सपनाको महल भित्र कत्ति बुन्छौँ जालहरु,
तिमी आउने प्रखाईमा एक्लै नाची राख्या छु ।