२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालमा सहयोग गर्न अष्ट्रेलियामा जन्मियो ‘नाय्फा’



अ+ अ-

सिड्नी। अष्ट्रेलियामा छरिएर रहेका नेपाली युवाहरुको प्रतिभा प्रवर्द्दन र नेपाललाई सहयोग गर्न अष्ट्रेलियामा युवा समुह गठन गरिएको छ ।
अस्ट्रेलियामा विभिन्न विधामा सकृय युवाहरूको प्रतिभालाई उकास्ने तथा नेपालमा उनिहरूको सीप, श्रम तथा अन्य सहयोग पुर्याउने उद्देश्यले नेपाली युथ फोरम अस्ट्रेलिया‘ ‘नाय्फा’ को शुभारम्भ गरिएको हो । विभिन्न पेशा व्यवसायमा रहेकाहरु सबै जाति, वर्ग र विचारका युवाहरु मिलेर विश्व जगतवाट नेपाललाई सहयोग पुर्याउन यो संस्थाको शुरुवात गरिएको संस्थाले जनाएको छ ।
एक कार्यक्रमका बीचच न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काले सिड्नीको एशफिल्ड पार्कमा ‘नाफा’ को शुभारम्भ गरे । कार्यक्रममा उनले युवाहरु बीच फुट्ने हैन जुट्ने अभियान सन्चालन गरिएकोमा सबैलाई बधाई दिए ।
प्रवासमा रहेका नेपाली युवाहरु बीच थुप्रै प्रतीभा रहेको भन्दै उनले एकताको अभावका कारण उल्लेखित उपलब्धि हासिल हुन नसकेको औंल्याए ।
सो अवसरमा उपस्थित बक्ताहरूले नेपाली जनशक्ति राजनीति, जातजाति वा कुनैपनि विषयले संस्थामा मत विभाजन हुन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा गैरआवसिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष महेन्द्र वोली, एनआरएन केन्द्रिय कार्यसमितिका तर्फबाट रन्जु थापा, बिष्णु हमाल लगायतको सहभागिता रहेको थियो ।
उनीहरुले नेपाललाई अव बोलेर हैन कामले सहयोग गर्ने बेला आएको भन्दै सबै भेदभाव विर्सेर नेपाली हुँ भन्ने पहिचानका साथ एएकताबद्व रुपमा सहयोगका हात बढाउन आग्रह गरेका थिए ।
अष्ट्रेलियामा रहेका युवाहरुको प्रतीभा स्वदेशका लागि उपयोगी बनाउन विदेशमा युवा जागरण अभियान थालीएको आयोजक संस्थाले जनाएको छ ।
भरत देबकोटाको संयोजकत्वमा रहेको संस्थाका कार्यकारी समितिमा हाल १९ जना रहेको र यसलाई अझ विस्तार गर्दै विभिन्न स्टेट र विश्वका अन्य भाग सम्म पुर्याउने लक्ष्य रहेको बताइएको छ ।