भर्खरै साउदी अरबको सडक दुर्घटनामा सिरहाका तीन मुसलमान नेपालीहरुको मृत्यु भयो । उनीहरु तपाईका लागि भत्ता जुटाउन रेमिटेन्सन आर्जन गर्दै थिए । त्यसो त केही महिना अघि तनहुँकी शोभा परियार हलाल भईन । उनी पनि हजुरहरुकै चिटिक्क परेको पोशाक जुटाउन अरबीको रातोदिन महिनौदेखि यातनाको व्युहार्तन भोगिरहेकी थिईन् ।
सभासद् ज्यू ! थाहा पाउनु भएकी भएन ?
ईजरायलकी अनु कोइरालाको अल्पआयुमै मृत्यु भो । हजुरहरुकै भुजाका लागि वर्षौंदेखि अल्जाइमर्सहरु स्याहार्दै थिईन् ।
अझै थुप्रै अनुहरु डिमेन्सिया, प्यारालाईसिसका वृद्धवद्धाहरु स्याहार्दै छिन् । हजुरहरुकै घर बहाल पुर्याउन केही दिन अघि युएईमा किसाले सडकमा ज्यान दिईन । साउदीमा राई, लिम्बू, लामा, नेवार, यादवसबै युवाहरु अलपत्र छन् । कोरिया होस् वा युरोप, अमेरिका या अष्ट्रेलियामा रगत पसिना बगाई राछन् ।
सभासद् ज्यू !
उनीहरु फेरीफेरी मुंग्लानिन चाहान्दैनन् र, नै विदेशबाट चुपचाप देशमा रेमिट्यान्स पठाई राछन् । देशले संविधान पाओस् भनि विदेशमा अहोरात्र ज्यान दिई खटी राछन् । हाम्रा भावी पिडीले अब रुन नपर्ने युगयुगलाई हुने नयाँ संविधान मागि राछन् । यस पटक त संविधान दिनु होला । शान्त, समृद्ध राष्ट्र हुने नयाँ नेपाल निर्माण हुने संविधान चाहि राछन् । देशले बर्खी बार्न नपर्ने आमाहरुले रुन नपर्ने राम्रो हाम्रो संविधान चाही राछन् ।
सभासद् ज्यू ! यसपटक त वाचा पुरागरी संविधान दिनु होला गाऊगाऊले बाटो हेरीराछन् ।
(लेखकको फेसबुकबाट)