

अस्ट्रेलियन राजधानी क्यानबेरामा प्रदर्शन गरिएको क्रिसमस लाइटले नया विश्व रेकर्ड बनाएको छ । १२ लाख LED बल्ब र १२० किलोमिटर लामो तार प्रयोग गरी रुखको आकारमा तयार गरिएको उक्त क्रिसमस लाइटले सबैभन्दा ठुलो LED image display को नयाँ रेकर्ड बनाएको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स ले यो लाइट डिस्प्लेलाइ उक्त मान्यता दिएको हो । क्यन्बेराका वकिल डेभिड रिचार्ड र ठुलो संख्यामा रहेका स्वयंसेवकको महिनौको योजना र प्रयास पश्चात यो डिस्प्ले पेत्री प्लाजा मलमा प्रदर्शन गरिएको थियो । यस भन्दा अघि उज्बेकिस्तानमा प्रदर्शन गरिएको १ लाख ८१ हजार बल्ब सहितको लाइट डिस्प्लेको नाममा यो रेकर्ड दर्ज थियो । यो डिस्प्लेका लागि ठुलो संख्यामा आर्किटेक्टहरु, सिभिल इन्जिनियरहरु, निर्माण अभियन्ताहरु र साउण्ड इन्जिनियरहरु सहभागी थिए । उक्त डिस्प्लेले स्थानीय सामाजिक सेवाका लागि रकम संकलन समेत गरिरहेको अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।