१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते



अ+ अ-

कोलम्बो । पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए ।  नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएका थिए । 

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई  बताएअनुसार  त्यस क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो र केही स्थानीय स्वयंसेवकहरूले पनि बेपत्ता व्यक्तिहरूको खोजीमा नौसेनालाई सहयोग गरिरहेका थिए। बेपत्ताको सूचीमा केही विद्यालयका बालबालिका पनि छन् । 

घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ। अत्यधिक यात्रु चापका कारण डुंगा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी  गरेर थप अनुसन्धान गरेको छ । (रासस-सिन्ह्वा)