२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

टीकापुर घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति, मृतक सुरक्षाकर्मीको एक तह पदोन्नती



अ+ अ-

काठमाडौँ,  भदौ ९ । सरकारले टिकापुर घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले गठन गरेको समितिको सदस्यमा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र सहसचिव विनोद केसी छन् ।

त्यसैगरी सरकारले टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय गरेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले कर्तव्य पालनाका क्रममा देखाएको दृढता र अनुशासन सबैका लागि अनुकरणीय र अत्यन्त सम्मानयोग्य भएका कारण कायम रहेकोभन्दा एक तह बढुवा सम्मानार्थ गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

टीकापुर घटना आपराधिक, अमानवीय र निन्दनीय भएको जनाउँदै सरकारले त्यसको भत्र्सना गरेको छ ।  सरकारले संवेदनशील समयमा सम्प्रेषित समाचार थप सत्यतथ्यमा आधारित हुन सबै सञ्चारगृहलाई आग्रह गरेको छ ।