२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संविधानसभामा विधेयकको अन्तिम मस्यौदामाथिको छलफल सुरु, फोरम नेपालको बहिष्कार



अ+ अ-

काठमाडौँ, ९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि अहिले संविधानसभा भवन बानेश्वरमा बहस र छलफल सुरु भएको छ ।
संविधानसभा भवन बानेश्वरमा विहानदेखि छलफल शुरु भएको हो ।

मंगलवार बसेको चार दलको बैठकले संविधान लेखन प्रक्रिया प्रमुख चार द

लबीच भएको १६ बुँदे सहमतिका आधारमा अघि बढ्ने निर्णय गरेको थियो । सोही सहमतिका आधारमा दलहरुले संविधानको मस्यौदा तयार गरेर जनताको राय सुझाव लिई मस्यौदामा सुधार र परिमार्जनको कामसमेत गरेका थिए ।

प्रमुख राजनीतिक दलका शीर्षनेताहरु सम्मिलित विशेष समिति र राजनीतिक संवाद समितिले तयार पारेको मस्यौदालाई संविधानसभाले स्वीकृति प्रदान गरेपछि संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार गरेको हो ।

मस्यौदा समितिले तयार पारेको मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफलका लागि यही भदौ ६ गते संविधानसभामा टेबल गरी सभासद्को अध्ययनका लागि तीन दिनको समय प्रदान गरिएको थियो । उक्त मस्यौदामा ३०२ धारा, ३७ भाग र ९ अनुसूची रहेका छन् ।

मस्यौदामाथिकोे छलफल बिहान ८ देखि बेलुका ७ बजेसम्म दैनिक ११ घन्टा चल्ने जानकारी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।छलफल तीन दिनसम्म चल्नेछ । सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । संविधानसभामा हाल ५९८ सभासद् छन् ।

यसअघि संविधानसभाको आजको बैठकको प्रारम्भमै समय मागेर सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् सभासद् अशोक राईले एकतात्मक राज्य प्रणालीलाई सङ्घीयताको ट्याग झुन्ड्याउने काम भएकाले यो संविधान लेखन प्रक्रियाप्रति आफ्नो पार्टीको असहमति रहेको भन्दै बैठक बहिस्कार गरेको घोषणा गरेका थिए ।