२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सर्वोच्चद्धारा चार दलबीच भएको १६ बुँदे सहमतिको प्रमाण माग



अ+ अ-

काठमाडौं, भदौ २४ । सर्वोच्च अदालतले दलहरूबीच भएको १६ बुँदे राजनीतिक सहमति संविधानसभाभित्र प्रवेश गराउने आधार खोज्दै त्यसको प्रमाण उपलब्ध गराइदिन सरकारका नाममा आदेश जारी गरेको छ ।

दलहरूबीच भएको सहमति रोक्न दायर रिटमा दोस्रो सुनुवाइ गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो ।

‘चार राजनीतिक दलबीच भएको सहमति संविधानसभाको तत्वावधानमा वा के–कस्तो तरिकाबाट भएको हो, सो कुरा खुल्ने सम्बन्धित बैठकको निर्णयसहितको सक्कल पुस्तिका उपलब्ध गराइदिनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयमार्फत संविधानसभामा प्रवेश भएको उक्त सहमतिको निर्णयपुस्तिका सक्कलै अदालतमा पेस गर्न भनेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

यसअघि न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले असार ४ गते १६ बुँदे सहमतिका केही बुँदा अन्तरिम संविधानविपरीत रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसलगत्तै बसेको दलहरूको बैठकले संविधान निर्माणप्रक्रिया नरोक्ने निर्णय गरेका थिए । ‘संविधानसभाको काम अदालतको निर्णयअनुसार नहुने’ भन्दै आएका दलहरू अन्ततः अदालतको आदेशअनुसार नै प्रदेश सीमांकनमा लागेका थिए । सुरुमा ६ प्रदेशमा सहमत भएका दलहरुले आन्दोलनपछि ७ प्रदेशमा सहमति गरेका थिए ।

दलहरूबीचको सहमति अवैधानिक भएकाले खारेज हुनुपर्ने माग गर्दै पूर्वराजदूत विजयकान्त कर्ण र रक्षाराम हरिचनले सर्वोच्चमा रिट दायर गरेका थिए । कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले हस्ताक्षर गरेको उक्त सहमतिमा संघीय आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले प्रदेश सीमांकनको अन्तिम निर्णय गर्ने भनिएको थियो । यो बुँदा अन्तरिम संविधानको व्यवस्थाविपरीत रहेको जिकिर रिटमा गरिएको छ ।