३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रपतिदेखि पियनसम्मको भ्रमण भत्ता बढ्यो



अ+ अ-

काठमाडौं, भदौ २५ । राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको स्वदेश तथा विदेश भ्रमण भत्ता बढेको छ । सरकारले भ्रमण खर्च नियमावली संशोधन गरी भ्रमण खर्च ७५ प्रतिशतसम्म बढाएको हो ।

भत्ता वृद्धिसँगै सरकारलाई साधारण खर्चको दायित्व बढ्नेछ । मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बुधबारको बैठकले भ्रमण भत्ता नियमावली संशोधन प्रस्ताव पारित गरेको हो । अब पदाधिकारी तथा कर्मचारीले भ्रमण तथा काजमा जाँदा नयाँ दरमा दैनिक भत्ता र होटेल बास खर्च पाउनेछन् ।

प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले विदेश भ्रमण खर्च मूल्यवृद्धिको अनुपातसँग समसामयिक बनाइएको बताए । नयाँ नियमावलीले भ्रमण भत्ता व्यवस्थित गरेको सुवेदीको दाबी रहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

‘स्वदेश भ्रमणमा दैनिक भत्ता दरमा होटेल बाससमेत समायोजन भएको र भत्तालाई मूल्यवृद्धिको अनुपातसँग मिलाइएको छ,’ सचिव सुवेदीले भने, ‘यसले होटेलमा बस्दैनबसी नक्कली बिल पेस गर्ने विकृति अन्त्य गर्नेछ ।’

महालेखा परीक्षक कार्यालयले हरेक वर्षको प्रतिवेदनमा भ्रमण खर्चमा अनियमितता हुने गरेको उल्लेख गर्दै यसलाई रोक्न सरकारलाई निर्देशन दिँदै आएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पनि केही सरकारी कर्मचारीले होटेलमा बस्दैनबसी नक्कली बिल पेस गरेर भत्ता बुझेको फेला परेको थियो । अख्तियारको कारबाहीबाट बच्न कर्मचारीले भत्ता फिर्ता गरेका थिए ।