१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अस्पताल लैजान नपाएर सुत्केरीको मृत्यु



अ+ अ-

गौशाला, भदौ २७। महोत्तरीमा विगत छ दिनदेखि जारी अनिश्चितकालीन निषेधाज्ञाका कारण अस्पताल लैजान नपाएर गएराति एक सुत्केरीको मृत्यु भएको छ ।

निषेधाज्ञाका कारण समयमा सुत्केरीलाई अस्पताल पु¥याउन नसक्दा जिल्लाको कोल्हुवाबगेया गाविसका रञ्जीत पण्डितकी श्रीमतीको मृत्यु भएको स्थानीयवासी जीतेन्द्रकुमार मण्डलले बताउनुभयो ।गएराति करिब ११ बजेतिर प्रशव पीडा सुरु भएको उनलाई जिल्ला अस्पताल जलेश्वरमा ल्याउन कुनै पनि एम्बुलेन्स नपाएको र निषेधाज्ञाका कारण निजी गाडीले जान नमानेपछि उनका ससुरा रामभरोस पण्डितले बुहारीलाई टायरगाडामा राखेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जनाइएको छ ।

भागदौडमा वृद्धको मृत्यु

प्रहरी आइरहेको देखेर भागदौड गर्दा शनिबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका वडा नं १४ बखरीमा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको फुल्हटा परिकौली गाविस– ८ बस्ने ६५ वर्षीय हकिम अन्सारी रहेका छन् ।

आफ्नो छोरीको गाउँमा गएका वृद्ध अन्सारीले शनिबार साँझ स्थानीयवासीसँगै बखरी चोकमा बसिरहेकामा जिल्ला सदरमुकाम जलेश्वरबाट तीव्र गतिमा गएको प्रहरीको भ्यान देखेर गाउँलेसँगै भाग्न खोज्दा उनको लडेर सोही स्थानमा मृत्यु भएको थियो ।

प्रहरीको भ्यान आइरहेको देखेर आत्तिएर भाग्न खोजेका अन्सारी तीव्र गतिमा दौडन नसकेर उनी लडेका थिए भने लड्नासाथ उनको हृदयघातबाट घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अहिले उनको शव परिवारजनले आफ्नो गाउँ फुल्हटा परिकौलीमा लगिएको छ । रासस