१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सप्तरी ३१ दिनदेखि ठप्प, जनजीवन कष्टकर



अ+ अ-
फाइल फोटो

सप्तरी, २८ भदौ । सीमांकनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको सोमबार ३१ दिन पूरा भएको छ ।

लगातारको बन्दका कारण सप्तरीको जनजीवन अत्यन्त कष्टकर हुनुको साथै बजार पूर्णरुपमा बन्द भएपछि दैनिक खाद्यान वस्तुमा महंगी बढेपछि उपभोक्ता मारमा परेका छन् ।

यहाँ विगत एक महिनादेखि लगातार यातायातको साधन नचल्दा दैनिक उपभोग्य सामग्री तथा आवश्यक खाद्यान्न वस्तुको अभाव हुनुका साथै डिजेल र पेट्रोलको समेत अभाव भएको छ ।

त्यस्तै राजविराज– १ स्थित मुख्य व्यापारिक क्षेत्र हटिया पनि विगत तीन दिनदेखि पूर्ण बन्द रहेकाले खाद्यान्न वस्तु, सागसब्जी र प्याजको अभाव भएपछि व्यापारीहरुले आफूखुसी मूल्य निर्धारण गरी उपभोक्तालाई महँगो मूल्य लिएर बिक्री वितरण गरिरहेको पाइएको छ ।

यहाँको बजारमा अहिले व्यापारीहरुले प्याजको भाउ रु १२० मा बिक्री भइरहेको छ । अधिकांश व्यापारीले बन्दको मौकामा खाद्यान्न वस्तुलगायत प्रत्येक समानमा दोब्बरको भाउ लिई ठगी गरेका छन् ।

बन्दका कारण बजारमा मोबाइलको रिचार्जसमेत पाउन समस्या भइरहेको सप्तरी पोर्ताहा–६ का मोबाइल उपभोक्ता महानन्द यादवको गुनासो रहेको छ । लगातार ३० दिनदेखिको बन्दले जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक संघ–संस्थालगायत सबै ठप्प रहेको बताइएको छ ।

बन्दका कारण एक महिनादेखि जिल्लाको प्रत्येक स्कुल कलेज बन्द भएपछि विद्यार्थीले पढाइ गर्नबाट वञ्चित भएको विद्यार्थी बताउँछन् । साथै सेवाग्राहीहरु सरकारी कामकाजका लागि सदरमुकाम राजविराज आउन छाडेपछि यहाँका सरकारी कार्यालय सुनसान देखिएको बताइएको छ ।

त्यस्तै मधेसी मोर्चाको महिना दिनदेखिको जारी बन्दका कारण सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न दिएका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतको ठाउँमा ढुङ्गा र रुख ढालेर सडक अवरुद्ध पारेका छन् ।

सीमांकनको विरोधमा उत्रिएका संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले अनिश्चितकालीन तराई मधेस बन्द आह्वान गरेका छन् ।