१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालको नयाँ संविधान दुई तिहाइ बढी मतले पारित



अ+ अ-

काठमाडौँ, भदौ ३० । संविधानसभाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ लाई दुईतिहाईभन्दा बढीमतले बुधबार पारित गरेको छ ।

संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले मत विभाजन प्रक्रियाद्वारा  पारित गरेको हो ।

हाल  संविधानसभामा तत्काल कायम रहेको ५९८ सङ्ख्यामध्ये विधेयकको  पक्षमा ५०७ मत परेको थियो । विपक्षमा भने  २५ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्ले विपक्षमा मतदान गरे ।

संविधानसभामा बुधबार भएको मतदान प्रक्रियामा ५३२ सभासद्ले भाग लिएका थिए । दुई तिहाइ बहुमतका लागि ३९९ मत आवश्यक पर्दथ्यो ।

संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३१ रहेकामा  त्यसमध्ये  १०  राजनीतिक दल  र एक जना स्वतन्त्र सभासद् चन्द्रेश्वर झा संविधानसभा बाहिर  छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका १५,  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, तराई मधेस लोकतान्त्रिक पार्टीका ११,  सद्भावना पार्टीका ६, नेपाल सद्भावनाका १ , तराई मधेस सद्भावना पार्टीका ६,  थरुहट तराई पार्टीका २, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३, जनअधिकार फोरम गणतान्त्रिकका १, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका (थरुहट) १ सभासद् हालको संविधानसभाको प्रक्रियाबाट बाहिरिएका छन् ।

संविधानसभामा ६०१ सभासद् रहने संवैधानिक व्यवस्था रहेकामा मन्त्रिपरिषद्बाट मनोनित हुन २ जना बाँकी रहेको तथा पूर्व प्रधानमन्त्री एवं सभासद् सूर्यबहादुर थापाको निधनपछि राप्रपाका एक जना सभासद् मनोनयन हुन सकेको थिएन ।

सभामा मतदानपछि सभासद्हरु एक आपसमा खुुसी साटासाट गर्नुका साथै शीर्षनेतासँग मोबाइलबाट फोटो खिच्ने काममा व्यस्त थिए । साँझ ७ः३० बजे प्रारम्भ भएको पछिल्लो बैठकमा मतदानको कार्य भने राति ८ः३० सम्म चलेको थियो ।

विधेयक पारित भएको खुशीयालीमा अधिकांश सभासद् खुसी देखिन्थे भने संविधानसभा अध्यक्ष नेम्वाङको मुहारमा पनि विशेष चमक देखिन्थ्यो ।

संविधानसभाको अर्को बैठक आगामी असोज ३ गते अपराह्न ५ बजे बस्ने छ ।