२८ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मुख्यमन्त्री राईले दिए संविधान दिवसको सन्देश



अ+ अ-

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधान प्राप्त भएको आजको दिन हर्षोल्लासका साथ मनाउनसमेत आग्रह गरेका छन् ।

मुख्यमन्त्री राईले सन्देशमा नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको र संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन भई तीनवटै तहका सरकार सञ्चालन भइरहेको अवस्थामा राज्य सञ्चालनका संवैधानिक र कानूनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सृदृढ गरेको मैले विश्वास लिएको छु भनेका छन् ।

सन्देशमा उनले नेपालको संविधानले धर्म्निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नाका साथै सबै वर्ग, क्षेत्रका जनताको हकअधिकार प्रत्याभूत गरेको छ भनेका छन् ।

यो संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्णरुपमा सार्वभौम बनाएको सन्देशमा उल्लेख गरिएको छ । सन्देशमा आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली सङ्कल्पित हुने विश्वाससमेत व्यक्त गरिएको छ ।