२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनले महिला राजदूतलाई फिर्ता बोलाएर महिला नै पठाउँदै



अ+ अ-

काठमाडौँ — चीनले नेपालका लागि बहालवाला राजदूत यू होङको कार्यकाल सकिनु अघि नै फिर्ता बोलाएर उनको स्थानमा नयाँ राजदूत सिफारिस गरेको छ ।कुटनीतिक स्रोतका अनुसार बेइजिङले होउ यानक्वीलाई नेपालका लागि २१ औं राजदूत बनाएर नेपाल पठाउन लागेको छ। उनी चिनियाँ परराष्ट्र मन्त्रालयमा उप-महानिर्देशकको पदमा कार्यरतछिन्। स्रोतका अनुसार चीनको आफ्नो निर्णय नेपालको परराष्ट्र मन्त्रालयलाई बताइसकेको छ। काठमाडौंबाट सहमति मिल्नासाथै यानक्वीलाई चिनियाँ राष्ट्रपति सी चिन फिनले औपचारिक नियुक्ती दिने छन्।

हालकी राजदूत यू होङ २०१६ नोभेम्बरमा नियुक्ती पाएकी थिइन्। उनको कार्यकालमा नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौतामा हस्ताक्षर गर्नुका साथै विभिन्न समयमा उच्च तहको द्विपक्षीय भ्रमण समेत भएका थिए। स्रोतका अनुसार हालकी राजदूत होङ सह-सचिवमा बढुवा भएपछि फिर्ता जान लागेकी हुन्। नयाँ सिफारिस गरिएकी राजनूत यानक्वी नेपाली अधिकारी र राजनीतिज्ञहरुमाझ परिचित नाम हुन्।

उनी दक्षिण एसिया मामिला हेर्ने चिनियाँ मन्त्रालयको एसियाली विभागकी प्रमुख व्यक्ति हुन्। उनी नेपाल र बेइजिङको सम्बन्ध बारे निकै जानकारी राख्छिन्।

नयाँ चिनियाँ राजदूत सिफारिस बारे परराष्ट्र मन्त्रालयले भने कुनै टिप्पणी गर्न चाहेन।
(कान्तिपुर डेली डटकममा समाचार छ ।)