१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पूँजीबजार सुधार गर्न लगानीकर्ताकाे ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ, १ मङ्सिर : शेयर बजारमा निरन्तर लगानी गर्दै आएका लगानीकर्ताले आज नेपाल धितोपत्र बोर्डलाई ध्यानकर्षण गराएको छ ।

उनीहरुले सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट ल्याउनुपर्ने र बजार सुधार तथा विस्तारका लागि तत्काल विशेष व्यवस्था गर्न माग गरेका छन् ।

अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पु¥याउनुपर्ने, धितोपत्र बजारमा गैरआवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पनि तत्काल भित्र्याउनुपर्ने शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै लगानीकर्ताले शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत बनाउनुपर्ने, जोखिम भारित अंश १०० प्रतिशत वा सोभन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

बोर्डले तीन वर्षदेखि भन्दै आएको बजार निर्माण र डिलरशिपको तत्काल व्यवस्था हुनुपर्ने, वित्तीय अवस्था खराब भएका कम्पनीलाई साधारण शेयर बिक्री तथा वितरणमा रोक लगाउनुपर्ने, सहायक कम्पनी खोलेर आवेदन गरेका वाणिज्य बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिनाका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिनसमेत आग्रह गरिएको छ ।