तेह्रथुम, १४ मंसिर – मोबाइलमा वाईफाईको नेटवर्क खोज्दै गर्दै हिँड्ने क्रममा बिहीबार बेलुका करिब १५ फिट तल खस्दा गम्भीर घाइते भएका म्याङलुङ्ग नगरपालिका-९ साब्ला बस्ने १८ वर्षीय महेन्द्र तामाङको मृत्यु भएको छ ।
तामाङलाई जिल्ला अस्पताल तेह्रथुम हुँदै थप उपचारको लागि धरान घोपा सुनसरीतर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।