
चीन । चीनकाे एक होटलमा भएकाे एउटा घटनाले सबैलाइ चकित बनाएकाे छ ।
चीनकाे जियाङ्सी प्रान्तकाे एक हाेटलकाे काेठामा एक व्यक्तिकाे मृत शरीर र तीनवटा सर्प भेटिएकाे छ ।ती व्यक्तिलाइ देखेर फायरफाइटर बाेलाइयाे । फुजहाेउ फायर ब्रिगेडले घटनास्थलमा तत्कालै सातजना फायरम्यान पठायाे ।
त्यहाँ पुगेका फायरम्यानले एउटा सर्प हाेटलकाे काेठामा भेटेका थिए भने अर्काे सर्प खाली काेठामा पसेकाे थियाे । सर्पका साथ एकजना मृत व्यक्ति पनि भेटिएका थिए ।
यसकाे पछिल्तिर निकै खतरनाक कथा छ । त्याे काेठामा एक महिला बस्थिन् । एक व्यक्ति सर्पदेखि डराएकाे नाटक गरी त्याे काेठाभित्र छिरेर ती महिलालाइ बलात्कार गर्न खाेजेकाे थियाे । तर त्यही सर्पले ती व्यक्तिलाइ डस्याे, र त्यसकाे मृत्यु भयाे ।
फायरफाइटर्सका अनुसार ती व्यक्तिसँग विश्वकै निकै विषालु सर्प थियाे । काेठाभित्र उनीहरूले हेर्दा ती व्यक्तिकाे मृत्यु भइसकेकाे थियाे । उनलाइ बचाउन सक्ने कुनै गुन्जाइस नै थिएन ।