१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एन्फा निर्वाचनमा अनियमितताको आरोप



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक लेनदेनका अडियो टेप सार्वजनिक गरेका हुन् । अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले लगायतका पदाधिकारीले चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेको कुराकानी समावेश छ । पत्रकार सम्मेलनमा काठमाडौँ अध्यक्ष विराटजङ्ग शाही, भक्तपुरका गौतम सुखजु, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले अनियमितताको अडियो टेप आफूहरुसँग सुरक्षित रहेको र उक्त अडियो फिफा र एसियाली फुटबल महासङ्घ ९एएफसी०लाई उपलब्ध गराउने बताउनुभयो ।

एन्फाको नयाँ कार्यसमितिको निर्वाचन गत वैशाखमा सम्पन्न भएको थियो । सो निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष चुनिएका थिए । सो निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै यसअघि एन्फाका पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो ।

यसैबीच एन्फा प्रवक्ता किरण राईले चारवटा जिल्ला फुटबल सङ्घले लगाएको आरोपमा कुनै तुक नभएको बताउनुभयो । “आफ्नो काम छोडेर आफू मातहतको नेतृत्वलाई उहाँहरुले जुन आरोप लगाउनुभएको छ, त्यो गम्भीर छ, आरोपको हामी भत्र्सना गछौँ”, उहाँले भन्नुभयो । मतदातालाई पैसा बाढ्यो भनेर मतदाताको घोर अपमान गरेको बताउँदै उहाँले आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “आरोप लगाएर मात्र हुँदैन, प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित गर्न सक्नुभएन भने उहाँहरुमाथि कारवाही गर्छौं ।” रासस