१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यस्तै हो भने अवसर फुत्किन सक्छ- प्रचण्ड



अ+ अ-

बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिलेको हाम्रो दुई तिहाइ बहुमतलाई बडो सतर्क भई काम गर्न र यदि अहिलेकैजस्तो गरी अगाडि बढ्ने हो भने अहिलेका अवसरहरु पनि फुत्किन सक्ने बताएका छन् । उनले भनेका छन्, सरकारमा अभिमान जाग्यो र आफ्ना नैतिक कमजोरी देख्न छोडयो भने हेर्दा हेर्दै प्राप्त अवसरहरु पनि हाम्रै हातबाट फुत्किन सक्ने छ ।
आइतबार बुटवलमा बोल्दै अध्यक्ष दाहालले अहिले सरकारका अगाडि अवसर र चुनौती दुवै रहेकाले नैतिक कमीकमजोरी केलाउँदै अघि बढ्न सुझाए । उनले आत्मआलोचना गरेर अगाडि बढनुपर्ने खाँचो औल्याए । ‘हामीमा अभिमान जाग्यो, घमण्ड आयो, आफना नैतिक कमीकमजोरी देख्न छोडयौं, जनताका आवाजलाई सुन्न छोडयौ भने सजिलै त्यो परिस्थितलाई प्रतिक्रान्तिको शक्तिले उपयोग गर्छ उनको भनाई थियो । स्पष्ट रुपमा नभने पनि वर्तमान सरकारलाई इंगित गर्दै उनले भने, हेर्दाहेर्दै स्थिती हाम्रो हातबाट फुत्कने खतरा रहन्छ, अहिलेको अवस्थामा सुधारको धेरै खाँचो छ ।
दुई तिहाइको कम्युनिस्ट सरकारले जनतालाई परिणाममुखी समृद्धि दिनुपर्ने भन्दै अध्यक्ष दाहालले विश्व समुदायले पनि नेपालमा जनतालाई परिणाममुखी समृद्धि दिएर कम्युनिस्ट आन्दोलनको नयाँ लहर सृजना होला भन्ने ठानेका स्पष्ट गरे । उनले राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिजस्ता कुरामा परिणाममुखी काम गर्न सकिएन भने त्यसबाट उत्पन्न परिस्थिती दुर्भाग्यपूर्ण पनि हुने खतरा रहेको आँैल्याए ।