

मानिसको भाग्य कुनबेला चम्किन्छ, अनुमान गर्नै गाह्रो हुन्छ । भनिन्छ, भाग्य चम्काउन कुनै साबुन चाहिँदैन । अमेरिकामा एकजना महिलाको भाग्य चाहीँ बन्दाले चम्काइदिएको छ । अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् ।
आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजारमा गएकी उनलाई सायद भाग्यले डोराएछ, बाटोमा पर्ने लटरी दुकानमा छिरिन् । भाग्यचिट्टा काट्ने पसलमा भिड देखेर उनीपनि त्यहाँ छिरेकी थिइन् । त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा पनि किनेर घर फर्किन् ।
जब घर आएर लटरी टिकट स्क्रयाच गरिन्, तब उनी हेरेको हेर्यै भइन् । वास्तवमा उनी निकै नै भाग्यमानी सावित भइन् । उनको चिट्ठामा २ लाख २५ हजार डलर परेको थियो ।
नसोचेको चिट्ठा परेपछि उनको भुइँमा खुट्टा छैन । त्यो पैसा उनी आफ्नो बुढेशकालका लागि बचाएर राख्न चाहन्छिन् । डिज्नी वल्र्ड घुम्ने सपना पूरा गर्न चाहन्छिन् ।