७ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेकपाको एकीकरण अन्यौलमा, महासचिव नै सम्पर्क विहिन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट भएका हुन् । ‘हामीले संयोजकलाई काम सम्पन्न गरेर प्रतिवेदन बुझाउनका लागि छिटो बैठक डाक्नुपर्यो भनेको भन्यै छौँ, डाक्छु भन्नुभएको छ, तर अहिलेसम्म बोलाउनुभएको छैन,’ कार्यदल सदस्य योगेश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘सहज ढंगले काम गर्न दिने हो भने एक–दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउन सकिन्छ । तर, कार्यदललाई काम गर्नै नदिएर शीर्ष नेतृत्वलाई खुसी पार्ने, गलत ढंगले प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्न चाहनेले अहिले कार्यदल असफल भएको नियोजित प्रचार गराइरहेका छन् ।’

उनले कार्यदल कार्यादेश पूरा गर्न असफल नभएको दाबी गर्दै अध्यक्ष ओली र प्रचण्डसहित पार्टीलाई असफल पारेर व्यक्तिगत स्वार्थ पूरा गर्न चाहने केहीले कार्यदललाई सहज ढंगले काम गर्न नदिएको दाबी गरे ।

९ सदस्यीय एकीकरण कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजक छन् । पटक–पटक बैठक बोलाउन ध्यानाकर्षण गराउँदा पनि उनले आफू व्यस्त रहेको जानकारी गराएर भेटै नदिने र पन्छाउने गरेको कार्यदलकै अर्का एक सदस्यले बताए । यद्यपि, यसअघिका कतिपय बैठक महासचिव विष्णु पौडेलले पनि बोलाउने गरेकोमा उनी पनि सम्पर्कमा नरहेको केही नेताहरुको आरोप छ ।

बिहीबार बैठकको आश्वासन
बैठक नबोलाइएकोमा आक्रोशित सदस्यहरूलाई बादलले बिहीबार बैठक राख्ने आश्वासन दिएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सांसदहरू योगेश भट्टराई, लेखराज भट्ट र सुरेन्द्र पाण्डेसँगको अनौपचारिक संवादमा बादलले बिहीबार दिउँसो २ बजे बैठक बस्ने आश्वासन दिएको एक सदस्यले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।