२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चम्कदै नेपाली खेलाडी सन्दीप, बिगबासमा उत्कृष्ट प्रदर्शन



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको बिगबास लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबारको खेलमा जित निकाल्दै उनको टीम मेलवर्न स्टार्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मेलवर्न सिड्नी सिक्सर्समाथि ९४ रनको जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । सन्दीपले ३।४ ओभर बलिङ गर्दा ११ रन दिएर ३ विकेट लिए । आठौं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै दिएर १ विकेट लिए । त्यसपछि १० ओभरमा ५ रन दिए । १२ औं ओभरमा पनि उनले १ रन दिएर १ विकेट लिए । १४ औं ओभरमा उनले सिड्नीको अन्तिम विकेट लिँदै जित निश्चित गरिदिए ।

जित्नै पर्ने दबाबका बीच घरेलु मैदानमा खेलेको मेलवर्नले टस हारी पहिले ब्याटिङको निम्ता पाएको थियो । मेलवर्नले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । मेलवर्नका लागि कप्तान ग्लेन म्याक्वेलले ४३ बलमा ८२ रनको विस्फोटक पारी खेले ।

१६९ को सामान्य लक्ष्य पछ्याएको सिड्नीले सुरुमा राम्रो ब्याटिङ गरे पनि तेस्रो ओभरदेखि लगातार विकेट गुमेपछि १३.४ ओभरमा ७४ रनमा अलआउट हुँदा मेलवर्नको जित निश्चित भएको हो ।

‘बिग बास लिग’का चार खेल खेली बङ्गलादेश प्रिमियर लिग बंगलादेश गएका थिए । त्यसपछि नेपाल र यूएईबीचको एकदिवसीय र टीट्वीन्टी श्रृंखला खेली सन्दीप उतैबाट बिगबास लिग खेल्न गएका हुन् ।

उनले शुक्रबार बिगबासको पाचौं खेल खेलेका थिए । २ ओभर बलिङ गर्दा बिना विकेट २८ रन दिएका सन्दीपले अर्को खेलमा उत्कृष्ट कमब्याक गरेका हुन् । यो सँगै सन्दीपको बिगबासमा ६ खेल खेल्दा ११ विकेट पुगेको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।