१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रिचार्ज कार्ड किनेको आरोपमा एक जोडी पक्राउ



अ+ अ-

काठमाडौँ । सक्कली नोट स्क्यानिङ गरी त्यसैबाट धेरै कपी प्रिन्ट गरी प्रयोग गरेको ओपमा एक जोडी युवा–युवतीपोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा, मकवानपुर घर भै पोखरा महानगरपालिका–५, पस्र्याङमा डेरा गरी बस्ने ३२ वर्षीय नरेश लामा तथा २५ वर्षीया सरस्वती बलामी रहेका छन् ।

उनिहरुलाई अर्मला, पोखराका किराना पसलहरूमा नक्कली नोट दिँदै रिचार्ज कार्ड लिएर फरार भएको सूचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूले प्रहरीसँगको आफ्नो बयानमा पोखराका विभिन्न स्थानमा रिचार्ड कार्ड तथा अन्य सामग्री नक्कली नोट नै प्रयोग गरी खरिद गर्ने गरेको कास्कीका प्रहरी प्रमुख एस.पी ओमबहादुर रानाले बताए ।

एस.पी रानाका अनुसार उनीहरूले झण्डै ५ लाख रुपैयाँ जति नक्कली नोट बजारमा पठाइसकेको बताए पनि प्रहरीले ९ लाख रुपैयाँजति नक्कली नोट बजारमा पठाइसकेको अनुमान गरेको छ । विदेश जाने लक्ष्यका साथ टोफेल–आइएलटिएस पढ्न पोखरा आएको उनीहरूले बताएका छन् । यो जोडी नक्कली नोट, नोट प्रिन्ट गर्ने प्रिन्टर तथा अन्य सामग्री सहित पक्राउ परेको हो ।

उनीहरूलाई खोटा मुद्रासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।