

गोरखा । चितुवा र कुकुरको डेढघण्टासम्मको भिडन्त हुँदा चितुवाको मृत्यु भएको छ । पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा बिहीबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म चितुवा र कुकुरको भिडन्त भएको हो ।
बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि छ वटा कुकुरले प्रत्याक्रमण गरेको थियो । स्थानीयका अनुसार उक्त दोहोरो भिडन्तमा चितुवाको आक्रमणबाट एक कुकुरको मृत्यु भएको छ भने दुईटावटा कुकुर घाइते भएको छ ।
घटनास्थलमा रातामाटे सेरा चौकीबाट प्रहरी पुगिसकेको र सो चितुवा वन कार्यालयलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।
चितुवाको मुचुल्का गरी गाड्ने डिभिजन वन अधिकृत इमनाथ पौडेलले जानकारी दिए।