२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ब्राजिल पानामासँग बराबरीमा रोकियो



अ+ अ-

पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामासँग बराबरीमा रोकिएको छ । शनिबार राति पोर्चुगलमा भएको खेलमा ब्राजिल पानामासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा ब्राजिलले सुरुवाती अग्रता लिएरपनि जोगाउन सकेन । ३२औं मिनेटमा लुकास पाक्युटाले गोलगर्दै ब्राजीललाई अग्रता दिलाएका थिए । तर, ब्राजिलको अग्रता चार मिनेटमै तोडिएको थियो । पानामाका अडोल्फो माचाडोले ३६औं मिनेटमा बराबरी गोल फर्काए ।

विश्व वरियताको तेस्रो स्थानमा रहेको ब्राजिलले दोस्रो हाफमा थुप्रै अवसर पाएपनि गोल गर्न सकेन । पानमाले पनि राम्रा मौका गुमाएको थियो । ब्राजिलले दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको थियो । ब्राजिलका नियमित कप्तान नेइमार चोटका कारण आराम गरिरहेका छन् ।

उनी यस खेलमा दर्शकको रुपमा सामेल भएका थिए । यसैगरी शनिबार रातिनै भएको मैत्रीपूर्ण खेलमा मलेसियाले अफगानिस्तानलाई २–१ गोलले हरायो । ओमान र सिंगापुरले १–१ गोलको बराबरी खेलेका छन् ।