आज धेरै गर्मी छ ,यतापानी परिरहको छ, धेरै जाडो छ । यो सबै अस्थिर मनको प्रश्न हो । अरे बाबा वैशाख जेठको महिनामा तराईमा गर्मि त हुन्छ नि, अब यो छ, उ छ भनेर गर्न सक्ने चै के ?
गर्मि हुनु, पानि पर्नु, मौसमको स्वाभाव हो । तातो हुनु नै घामको,आगोको धर्म हो । तपाईलाई कसले भनेको छ की गर्मीमा बाहिर तातो ठाउँमा बस्नुहोस् भनरे ?सित्तल ठाउँ त रोज्न सक्नु हुन्छ, जहाँ सित्तल छ त्यहाँ बस्नु होस् । न हामी बादल रोक्न सक्छौ न सुर्यको ताप । हामीमात्र ठाउँ परिवर्तन गर्न सक्छौ । हो यसैगरि जहाँ बेचैन छ जहाँ तनाब छ हामी त्यो ठाउँ त्यो कारण छोड्न सक्छौ ।
मन भावना बदलिन सक्छ । मन परिवर्तनशिल छ । मन प्रत्येक दिन परिवर्तन हुन्छ । आजको हितैशी मित्र भोलीको परम् शत्रु भईदिन्छ । मन र ह्दय चंचल आयमहरु हुन । तपाईको मनले तपाईलाई झल्काउछ नि । हामी आफुलाई आफैले हेर्ने गर्दैनौ मात्र अरुबाट खुशी, आनन्दको आशा गर्छौ जुन अस्थिर हुन्छ र कठिन पनि । हाम्रो अंहकारी मन छ निकसले भनेको छ त्यही सोचेर बस्नुहोस् । थोरै फरक सोचे मात्र,थोरै पछि सरे मात्र काफी छ तर कसले सक्छ अहंकारी मनलाई फकाउन, त्याग गर्न, समर्पण गर्न, स्वीकार गर्न, कोहीआफ्नो जिद्धीपना छोड्न तयार छैनन् अनि हाम्रो मन न दुखे कस्को खुख्छ ?
एक पटक राजाले आफ्ना मन्त्री मुल्लाहा नसरुद्धिनांग आफ्नै राज्यको आज सम्मन पुगेको वस्ती घुम्न जाने योजना बनाउ भनेर आदेश दिएछन् । मन्त्रीले त्यो नयाँ ठाउँको तय गरि घोडामा चढेर भ्रमणमा निसकेछन् । धेरै लामो यात्रापछि एउटा सुन्दर रमणिय गाउँपुगे दुवै जना, राजा अघि अघिमन्त्री पछि–पछि । बाटोमा गाउँका सबै मानिसहरु राजा र मन्त्रीलाई हेर्न निस्केका थिए । जब राजाले जनताका मुहारमा हेरे सबै रिसाएको झै देख्दथे, राजापनि रिसाएझै मौन भएर सबार गर्दै थिए । राजाको पछि रहेका मन्त्री के गर्दैछन् भनेर राजाले पछि फर्केर हेर्दा त सबै गाउँलेहरु मुस्कुराईरहेको खुशी भई रहेको देखे । राजाले घोडा रोकेर सोधे मुल्लाहा के तिमी यहाँ पहिले नै आई सकेका थियौ र ? सबैले तिमिलाई चिने झै हासेर बोलि रहेका छन् तर मसँग त कोही पनि हासेनन् त ?
के हो यसको कारण ? मुल्लाहाले जवाफमा भने माहाराज तपार्इँ घोडामा बसेर आफ्नो अनुहार ठुस्स पार्दै रिसाए झै गरेर मानिसहरुलाई हेर्दै हिड्नु भयो र मैले यहाँका मान्छेहरु सबैसँग हाँस्दै, हालखबर साध्दै हिडे, उनिहरु पनि मुस्कुराउदै बोल्न थाले, यहिँ हो हजुर कारण । हो जसले जस्तो व्यवहार गर्छ उसलाई पनि अरुले त्यस्तै व्यवहार गर्छन् न राजा न मन्त्री न जनता । मनको कुरा हो मन्त्रीले सबैलाई हेर्दै हास्दै हिडे, मन दुखाएनन्, मुस्कान दिए जनताले पनि मुस्कान नै दिए ।
हाम्रो शरिर चलाउने मुख्य यन्त्र नै मन हो । हाम्रो जीवन हाक्ने सारथी नै मन हो । आफ्नै हातको औलामा काढा बिझेर औलाले जहाँ छोयो त्यहि दुख्ने गरे झै मन दुखी भए पछि तन स्वत दुख्छ नै । अब मन नदुख्ने चित्तन दुख्ने केही उपाय छ त ? आजको आम प्रश्न हो । जरुर सबै जना व्यक्तिको अहिले पनि आफ्नो मन दुखेकै छ ? यसको उत्तर जरुर छ,सामाजिक विज्ञान र मनको विज्ञान एक आपसमा सम्बन्धित हुन्छन् । खुशी भएर बाच्ने हो भने मन स्वस्थ्य हुनु पर्छ मन स्वस्थ्य बनाउने मनले नै हो, आफुले नै हो । अरुको कारणले प्राप्त भएको खुशी वास्तविक खुशी हुँदैन किनकी जहाँ कारण हुन्छ त्यहाँ प्रेम हुदैन, बिनाकारणको प्रेम सच्चा हुन्छ । जब प्रेममा कारण रहन्छ तब कारण नास भए प्रेम स्वतः नाश हुन्छ । जब सबै संँग प्रेम भाव व्यवहार हुन्छ तब मन खुशी हुन थाल्दछ ।
मन सकृय र खुशी बनाउने हार्मोन उत्पादन हुन्छ तब मन आफै खुशी हुन्छ । अरुले गरेको सहयोग, राम्रो व्यवहार काकारण खुशी त हौला तर त्यही व्यवहार अरुबाट प्राप्त नभए फेरी मन त दुख्ने भईहाल्छ नि । जहाँ घरमा नियम हुन्छ त्यहाँ प्रेम हुदैन । कसले कहाँगल्ती गर्छ हामी गल्तीकै पछि लागेर सुन्दर जिवन नष्ट गरिरहेका हुन्छौ । हामीकारण तर्फ नै उन्नमुख हुन्छौ ।
आफु भलो त जगतभलो भनिन्छ नी । एउटा दृष्टान्त : एउटा गाउँमाकरिब ८० वर्ष जतिकाएक वृद्ध आफ्नो घरको आगँनमा बसेर डोको बुन्दै रहेछन् । एक जना अधबैशे भलाद्मी उनि नजिकै पुगेर सोधेछन् । हजुर म यो गाउँमा बसाँई सरेर आउने बिचार गरेको छु । यो गाउँ असाध्यै राम्रो छ भन्ने सुनेको छु । के म यहाँ बसाँई सरेर आउन सक्छु ? नब आगन्तुकको कुरा सुनेर ति वृद्धले भनेछन् – बाबु तिमी कहाँबाट आएै ?पहिले बसको कुन गाउँ हो ?त्यो कस्तो थियो र ? उनको प्रश्न न सकिदै नब आगन्तुकले भनेछ- हजुर त्यो गाउँको कुरा न सम्झाउनु होस्,म तिनिहरुलाई सम्झनपनि चहान्न त्यहाँका मान्छे यति खराब छन कि, यसरी उसले धेरै समय लगाएर छोडेर आएको गाउँको सारा नराम्रो बृतान्त सुनायो । सबै कुरा सुनिसके पछि ति वृद्धले भनेछन् बाबु तपाई गलत ठाउँमा आउनु भयो, यहाँका मान्छे त त्यहाँका भन्दापनि खराब छन्, तपाई अर्कै नयाँ गाउ ँखोज्नु होेला ।
यति भनेर ति वृद्ध आफ्नो काम गर्न थाले छन् । नब आगन्तुक नयाँ गाउँको खोजिमा फर्केछ । एकै छिनपछि फेरी एक जना व्यक्ति घोडा चढेर ति वृद्धको सामुन्ने पुगेछन् । फेरी उही सबाल गरेछन्, यो गाँउ असाध्यै राम्रो छ भन्ने सुनेर म यो गाउँमा बसाई सरेर आउने बिचार गरको छु । हजुर मलाई यो गाउँ कस्तो छ बस्न मिल्छ किनाई सल्लाह दिनु भनेछन् । ति वृद्धाले फेरी उहीप्रश्न गरेछन् तपाँई पहिले बसेको गाउँ कस्तो थियो ?हजुर त्यो गाउँको कुरै न गर्नु ,आहा त्यस्तो सुन्दर गाँउ, त्यस्तो समुदाय, छर छिमेक, रहन सहन, व्यवहार म कैहिल्यै भुल्नै सक्दिन् । के गर्नु व्यवहारिक कारणले गर्दा मात्रै त्यस्तो गाउँ छोडेनु परेको हो ।
ति वृद्धा ले उत्तर दिएछन् ल तपाँई ठिक ठाउँमा आई पुग्नु भयो । म ८० वर्षको भए, मैले आजसम्म कुनै नराम्रै शब्दपनि सुनेको छैन यो गाउँमा । तपाई जस्तो राम्रो बिचार भएको व्यक्ति आउनुहोस् तपाईलाई स्वागत छ यो गाउँमा । हो यस्तै छ हाम्रो वर्तमान संस्कार,समाज, जिवन, व्यक्तित्व र चरित्र पनि । अरुलाई नराम्रो भनेर दिन विताउने तर आफु चाहि राम्रो खोज्दै हिड्ने । अरुलाई नराम्रो भन्ने व्यक्तिको कमी छैन यहाँ र राम्रो भन्ने पनि यहिँ छन् । मात्र कस्तो बिचारलाई, व्यवहारलाई हाम्रो समाजमा स्थान दिने भन्ने मात्रै हो । ति वृद्धले पछिल्लो पटक आएका पाहुनालाई जसरी आफ्नो गाउँमा स्वागत गरे किन की उसको सोचाई सकारात्मक थियो । उसले अरुलाई पनि राम्रो भन्न सक्यो ।
दुःखमा आत्तिनिु हुदैन, सुखमा मात्तिनु हुदैन त्यसै कहाँ भनिएको हो र दुःखमा पनि खुशी खोज्न सक्नु पर्दछ । यो खोजीकार्य कहाँ सजिलो छ र ?हाम्रो मन छ नि कहि नभाको ? सोच्दा सोच्दै कहाँ पुग्दछ मन अनि फेरी फर्काएर ल्याउन उस्तै सोच्नु पर्दछ । खुशी प्राप्त गर्ने आफैबाट हो । आफुनै खुशीको श्रोत हौ । कस्तुरीले आफ्नै अत्तर कहाँ छ भनेर खोज्दै बनबन घुमे जस्तै हामी आफु भित्रै रहेको अत्तरको बासना खोज्दै दौडि रहेका छौं । आज समाजको हरेक व्यक्ति बेखुसी छ, बेचैनी छ । महत्वकाक्षांले आकाश चुमेको छ तर यथार्थता उहि । एक आर्दश व्यक्तिन बनि एक आर्दश समाज असम्भव छ । आदर्श व्यक्तिकालागि आदर्श मन हुनु जरुरी छ । एक स्वच्छ र सुन्दर मन ।