२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सन्दीप सहभागी टिम ६ विकेटले पराजित, चेन्नईको लगातार दोश्रो जित



अ+ अ-

काठमाडौं । चेन्नई सुपर किंग्सले मंगलबार भएको खेलमानेपाली लेगस्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । चेन्नईले लगातार दोस्रो जित हात पारेको छ ।

मंगलबार राति दिल्लीमा भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईको जितमा सेन वाट्सनले ४४ रन बनाए । यसैगरी सुरेश रैना ३० रनमा आउट हुँदा केदार जादबले २५ बनाएका थिए । महेन्द्र सिंह धोनीले पनि २५ रनकै योगदान दिए । पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवन ५१ तथा ऋषभ पन्त २५ र पृथ्वी साले २४ रन जोडे । पहिलो विकेटका लागि धवन र साका बीचमा ३६ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् । चेन्नईका डुवान ब्राभोले सर्वाधिक ३ विकेट लिएका थिए ।