२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जिसस र फर्मिनोको उत्कृष्ट प्रदर्शन, ब्राजिलको शानदार जित



अ+ अ-

काठमाडौं । ब्राजिलले बुधबार विहान खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चेक गणतन्त्रमाथि ३-१ गोलको सजिलो जित हासिल गरेको छ। इङ्लिस प्रिमियर लिगमा जमेका दुई अनुभवी खेलाडी रोबर्टो फर्मिनो र ग्याब्रियल जिसस ब्राजिलका लागि नायक बने। चेक गणतन्त्रको घरेलु मैदानमा खेलिएको उक्त खेलमा ब्राजिलका लागि जिससले दुई र फर्मिनोले एक गोलको योगदान गरे। खेलमा अग्रता भने चेक गणतन्त्रले लिएको थियो। खेल सुरु भएको ३७औं मिनेटमा चेक गणतन्त्रका लागि डेभिड पाभेल्काले पहिलो गोल गरेका थिए ।

पाभेल्काको सोही गोलका कारण पहिलो हाफमा चेक गणतन्त्र अगाडि रह्यो। खेलको ४९औं मिनेटमा फर्मिनोले जवाफी गोल फर्काउँदै ब्राजिललाई १-१ को बराबरीमा पुर्याए। फर्मिनो इङ्लिस क्लब लिभरपुलबाट ब्यवसायिक फुटबल खेल्छन्। त्यपछि खेलको अन्त्यतिर आठ मिनेटको बीचमा लगातार दुई गोल थप्दै जिससले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई जित दिलाए। ८३औं मिनेटमा ब्यक्तिगत पहिलो गोल गरेका जिससले ९०औं मिनेटमा अर्को गोल थपेका थिए। जिसस अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायिक फुटबल खेल्छन्।