२४ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि



अ+ अ-

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो । 

आर्थिक वर्ष २०७७/०७८को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी रू १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकामा चालु आवको साउनदेखि कात्तिकसम्म रू ३९ अर्ब ५६ करोड ३९ लाख बराबरको विभिन्न वस्तु निकासी भएको छ ।
    
विश्वस्तरमै कोरोनाको  सङ्क्रमण घटदै गएपछि  उद्योग व्यापारमा पनि  सहजता  भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यामा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडिबुटीलगायत वस्तु रहेको बताउनुभयो । नेपाली वस्तुको निर्यात वृद्धिसँगै यसको प्रभाव राजश्व सङ्कलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले रू २६ अर्बभन्दा बढी राजश्व सङ्कलन  गर्न सफल भएको हो  । 

गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले रू ४३ अर्ब ६७ करोड २६ लाख राजश्व सङ्कलन गरेकामा  । चालु आवमा २६ अर्ब ४४ करोड ८८ लाख बढी अर्थात ७० अर्ब १२ करोड १४ लाख राजश्स सङ्कलन गर्न सफल भएको छ ।