१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

युनाइटेडको आत्मघाती गोलमा बार्सिलोनाको जित, बन्यो नयाँ रेकड



अ+ अ-

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टरका खेलाडी लुका शाले आत्मघाति गोल गरेपछि बार्सिलोना विजयी भयो ।

म्यानचेस्टरको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा लुका शाको आत्मघाति गोलमा बार्सिलोनाले युनाइटेडलाई १–० ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा लुका शाले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

कप्तान लियोनेल मेस्सीको पासमा लुइस सुआरेजको प्रहारलाई गोल लाइनबाट रोक्ने प्रयास गर्दा लुकाले आत्मघाती गोल गर्न पुगेका थिए । भिएआरको सहायतामा उक्त गोललाई आत्मघातीको मान्यता दिएको थियो ।

जितसँगै बार्सिलोनाले नयाँ रेकड बनाएको छ । यो भन्दा अघि युनाइटेड र बार्सिलोनासँग हारेको थिएन । पछिल्लो ११ बर्षको इतिहास हेर्दा बार्सिलोना र युनाइटेड ६ पटक प्रतिस्पर्धा गरेका थिए। जहाँ दुबै टोलीको नतिजा समान थिए ।

बार्सिलोनाले युनाइटेडलाई युरोपिनयन प्रतियोगितामा उसकै घरमा पहिलो जितसमेत दर्ता गरेको छ । यसअघि बार्सिलोनाले यस प्रतियोगितामा कहिल्यै पनि युनाइटेडलाई उसकै घरमा हराउन सकेको थिएन ।

दुबै टोलीले ६ पटक भिड्दा समान दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेलेका थिए । यो जितसँगै बार्सिलोनाले आफ्नो जित तीन पुर्‍याएको छ । दोस्रो लेग बार्सिलोनको मैदानमा १७ अप्रिलमा हुनेछ ।