२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चेन्नई शीर्षस्थानमा, हैदरावाद ६ विकेटले पराजित



अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ । १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले अन्तिम ओभरको एक बल अगाडी ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरि जित हात पारेको हो । जितसँगै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफ पनि पक्कापक्की भएको छ ।

घरेलु मैदानमा टस जितेर फिल्डिंग रोजेको चेन्नईको जितमा ओपनर शेन वाटशनको उत्कृष्ट प्रर्दशन रह्यो । ५३ बलमा ९ चौका र ६ छक्कासहित ९६ रन प्रहार गरेका वाटसनलाई १८ ओभरको पहिलो बलमा जोनी बेयरस्ट्रोले क्याच आउट गरे । सुरेश रैनाले २४ बलमा ६ चौका र १ छक्का सहित ३८ रन बनाए ।

त्यस्तै फाफ डु प्लेसिस १, आम्वाती रायुडु २१ रनमा आउटहुँदा केदार जाधव ११ रनमा अविजित रहेका थिए । हैदरावादका लागि भुवनेश्वर कुमार,सन्दीप शर्मा र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि हैदरावादले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । जसका लागि मनिष पान्डे ४९ बलमा ७ चौका र ३ छक्कासहित ८३ रनमा अविजित रहे भने डेविड वार्नर ४५ बलमा ३ चौका र २ छक्का सहित ५७ रन बनाएर आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा ओपनर जोनी बेयरस्ट्रोलाई धोनीले शुन्य रनमा क्याच आउट गरे । विजय शंकर २६ रनमा आउट भए । चेन्नईका हरभजन सिंहले २ र दिपक चाहरले १ विकेट लिए ।

योसँगै ११ खेल खेलेको चेन्नई ८ जितका साथ १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । बराबर खेलेको दिल्ली क्यापिटल्स ७ जितसहित १४ अंककासाथ दोस्रो स्थानमा छ ।